बस दुर्घटना : मृतक १९मध्ये आठ जनाको सनाखत

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
मृतक १८ जनामध्ये आठजनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा रुपन्देही बाँसगढीका ३१ वर्षीय वसन्त भन्ने चालक ओम बहादुर थापा, सन्धिखर्क नगरपालिका वडा(७ बस्ने ५६ वर्षीय शिवलाल भट्टराई‚ बलराम भट्टराई, ५० वर्षीया माया पुरी, २२ वर्षीया मनिका खड्का, भुमिकास्थान नगरपालिका(९का १९ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका(३की सिता भाट, सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत गुल्मीका राजकुमार महत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।
बमबमबम
उनका अनुसार अन्यको सनाखत हुँन बाँकी रहेको छ ।
सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १स्३० बजे छुटेको लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ९ पुरुष, एक बालक, ६ महिला र एक बालिका रहेको सहायक प्रजिअ बेल्वासेले बताए ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र एक जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।
क्याटेगोरी : मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस