अछाममा २१ वर्षीया एक महिलाको छाउगोठमा ज्यान गयो (स्थलगत अडियो सहित)

सहकर्मी धनराज साउँद अहिले घटनास्थलमा हुनुहुन्छ उहाँले हामीलाई जानकारी गराएको यो अडियो
अछामको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ। २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साफेवगरका इन्सपेक्टर नरपती भट्टले बताए। मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकि पार्वती १८ महिना पहिले विहे गरेर सिद्धेश्वर आएकी थिइन्।
आइतबार साँझ खाना खाएर सुतेकी उनी सोमबार बिहान मृत भेटिएकी हुन्। बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको जेठाजु छत्र रावतले जानकारी दिए। छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको छ। के कसरी मृत्युु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ।
उनी महिनावारी भएको ४ दिन भएको थियो। मृतकका श्रीमान करन रावत ६ देखि रोजगारीको सिलसिलामा भारतमा रहेको वडा अध्यक्ष कृष्ण बुढाले बताए। अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भइसकको छ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस