Techie IT

उप निर्वाचनका क्रममा मेल्लेखमा भएको घट्नाको सत्यतथ्य छानबिन गर्न कांग्रेस अछामद्धारा माग


नेपाली कांग्रेस अछामले मंसिर १४ गते सम्पन्न उप निर्वाचनका क्रममा अछामको मेल्लेखमा भएको घट्नाको सत्यतथ्य छानबिन गर्दै दोसीलाई कडा कारबाहीको माग गरेको छ ।

निर्वाचनमा मतदान सकिएपछि नेकपाका कार्यकर्ताले कुटपिट गरी कांग्रेस क्षेत्र नं. १ का ख का संयोजक डम्बर स्वाँरको दाँया हात भाच्निुका साथै टाउकोमा गम्भिर चोट लागेको भन्दै घाईतेको उचित औषधी उपचार सहित दोसीलाई कारबाहीका लागि माग गरेको हो ।

कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगानाद्धारा जारी विज्ञप्तीमा भनिएको छ भौतिक आक्रमण गर्नु अत्यन्त निन्दयिन घ्टना हो, कांग्रेस अछाम यसको घोर भ्रत्सना गर्दछ ।

साथै उपनिर्वाचन सफल र शान्तिपुर्ण रुपमा सम्पन्न गराउन अहोरात्र खटिने सबैलाई धन्यवाद ज्ञापन गर्दछौँ उपसभापति ढुंगानाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । नेकपाको आक्रमणमा परि कांग्रेस अन्य कार्यकर्ता समेत घाईते भएको कांग्रेसको ठहर छ । लोकतनत्रको स्वर्णिम पक्ष निर्वाचनको नतिजालाई कांग्रेसले सहर्ष स्वीकार गरेको कुरा समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस