सरकार बाटै सत्ताको दुरुपयोग भयो : नेकपा केन्द्रिय सदस्य तिमिल्सिना

अधिकांश जनताको यो चुनावमा असन्तुष्टि देखियो जनता ले रुपान्तरण चाहेका छन(माओवादी केन्द्र)

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का केन्द्रीय सदस्य खकेन्द्र तिमिल्सिना खुमन ले भर्खरै सम्पन्न भएको उप निर्वाचनमा जनताहरु बाट व्यापक असन्तुष्टि देखिएको बताउनु भएको छ।

बान्नीगढी टुडे सँग कुरा गर्दै उहाँले जनताले सरकारका कामहरुबाट कत्तै सन्तुष्ट हुने स्थिति नदेखिएको उल्लेख गर्नु भयो । अहिलेको सरकारका कामहरु देखेर जनता आजित भईसकेको र दुरदराजका जनताहरुमा चुनावताका बेला भोट दिनु पर्छ भन्ने कुरा मात्र जानकारी भएकाले सरकार सम्म असक्षम ब्यक्तिहरु पुग्ने भएकाले यस्तो समस्या सिर्जना भएको उहाँले ठोकुवा गर्नु भयो ।

सरकारले सत्ता कब्जा गर्न बिभिन्न बाहाना अपनाएको भन्दै उहाँले सरकार बाटै सत्ताको दुरुपयोग भैरहेको आरोप लगाउनु भयो । आफ्नो पार्टी प्रष्ट सँग समाजवादी संविधानको पक्षमा रहेको भन्दै संविधान को समाजवादी पुनरलेखन नभए आफ्नो पार्टी भिषण विद्रोह बाट भएपनि संबिधान लाइ समाजवादी बनाएर छाड्ने ठोकुवा गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker