बागलुङमा जीप दुर्घटना, १४ जनाको ज्यान गयो

बागलुङको बडिगाडमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।
गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केही हराइरहेका छन् । दुर्घटनामा घाइते भएका तीन जनालाई स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरी स्वास्थ्यसंस्थातर्फ पठाएका छन् ।
दुर्घटनामा परेका सबै निसीखोलामा कुलपूजाका लागि जाँदै गरेको बुझिए पनि ज्यान गुमाउनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ । ujyaloonline
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस