अन्तराष्ट्रिय अपाँग दिवस मंगलसेन र तुर्माखादमा विशेष कार्यक्रम गरि मनाईयो

अन्तराष्ट्रिय अपाँग दिवस सदरमुकाम मंगलसेनमा विशेष कार्यक्रमका बिच मनाईएको छ ।

नगर स्तरिय अपाँग समूहका अध्यक्ष रुद्र बिकको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथी रहनुभएको थियो । उपप्रमुख उपाध्यायले अपाँगता भएका ब्याक्तिहरुको हक हितका लागि आफु कहिल्यै पछि नहट्ने बताउनुभयो । अपाँगता भएका ब्याक्तिहरुको सीप विकास र क्षमता अभिबृद्धि तथा आयआर्जनका कार्यमा संलग्न गराउनका लागि नगरपालिकाले विशेष जोड दिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यालय सचिव नमराज न्यौपाने विशिष्ट अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मञ्जु महत, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक कलेन्द्रबिक्रम शाही, नगरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बृकेश सिंह बोगटी, सूचना प्रविधि अधिकृत पौरख बोगटी, अपाँग उत्थान समूह जिल्ला समिति कोषाध्यक्ष मनदेवी खत्री लगायतका अतिथी रहनुभएको थियो ।

नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव चन्द्र प्रसाद ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागि सरोकारवालाहरुले सबै सेवा प्रदायक स्थानमा अपाँग मैत्री बातावरण हुनुपर्ने, नयाँ बन्ने पूर्वाधार र संरचनाहरु अपाँगमैत्री बनाईनुपर्ने लगायतका कुरामा जोड दिनुभएको नगरपालिकाका सूचना अधिकारी नरेश बहादुर कठायतले जानकारी दिनुभयो ।

यसै बिच

२८ औं अपांग दिवस तुर्माखाद गाउँपालिकामा सम्पन्न 

२८ औं अपांग दिवस तुर्माखाद गाउँपालिकामा सम्पन्न भएको छ ।

तुर्माखाद गाउपालिका अपांग समन्वय समिति र तुर्माखाद गाउपालिकाको आयोजनामा कार्यक्रम भएको हो । गाउपालिका अपांग समन्वय समितिका अध्यक्ष जंग बिक को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष चक्र प्रसाद धमाला प्रमुख अतिथि रहनु भएको थियो । यस्ती बिशिस्ट अतिथिमा तुर्माखाद गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भणडारि रहनु भएको थियो ।

दिगो विकासको लक्ष्य अपाङ्ग मैत्री भविष्य भन्ने मुल नारा का साथ बजार परिक्रमा गरि कृषि कार्यालयको हलमा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा तुर्माखाद गाउपालिका संयोजक धरणिधर जैशी नेपाली काङ्ग्रेस टेक बएक लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो । बम बहादुर विश्वकर्माको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सन्चालन शंकर बिक ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker