नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ प्रेदेश “क“ को बैठक सम्पन्न

 

नेपाली काङ्ग्रेस अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रेदेश “क“ को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

प्रदेश “क“ का संयोजक टंक बहादुर धामीको अध्यक्षता मा भएको बैठकले यही मङ्सिर १४ गते मेल्लेख गाउँपालिका वडा नम्बर ५ मा निर्वाचन क्षेत्र नम्बर १ “ख“ का सभापति डम्बर स्वार माथी नेकपा का कार्यकर्ता द्वारा संघातिक हमला गरि गम्भीर रुपमा घाइते बनाएकोमा घाइते स्वारको सिघ्र स्वस्थ लाभको कामना गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ। यस्ता निन्दनीय कार्यको घोर भत्सर्ना गर्दै घाइतेको को स्वस्थ्य उपचार को लागि सरकार को ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।

त्यसै गरि बैठकले स्थानीय तहको नयाँ संरचना अनुसार नगरपालिका र गाउँपालिका कार्यसमिति पुनर्गठन यहि मङ्सिर मसान्तसम्म गरिसक्ने र तुर्माखाद गाउँपालिकाको हकमा संयोजक टेक बहादुर बयक को जिम्मा क्रियासिल सदस्यता दिने निर्णय गरेको छ। नेपाली काङ्ग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम ब्यवस्था निर्दे्सिका , २०७६ अनुसार गाउँ , नगर कार्यसमिति समायोजनको सम्पुर्ण अधिकार जिल्ला कार्यसमितिलाई दिएको छ ।

केन्द्रिय कार्यसमिति बाट अनुमोदन भइ महामन्त्री द्वारा जारी निर्दे्शिकामा जिल्ला कार्यसमितिले जिल्ला भित्र हाल कायम भएका गाउँ , नगरपालिका कार्यसमिति समायोजनका लागि हालको गाउँ , नगरपालिका भित्र समायोजित भै आएका साविकका सम्पुर्ण पदाधिकारी सदस्यको बैठक सम्बन्धित गाउँ,नगरपालिकामा अलग अलग दिन बोलाउने रहेको छ ।

तुर्माखाद गाउँपालिका मा भएको पहिलो बैंठकमा संघिय सांसद राम बहादुर बिष्ट ,पुर्ब पार्टी सभापति पुस्प बहादुर शाह,उपसभापति चन्द्र प्रसाद ढुंगाना,महासमिति सदस्य बल बहादुर कुवर,महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट,क्षत्रीय सभापति लक्ष्मण शाह,जिल्ला समन्वय समिति सदस्य तुलसी चलाउने,पुर्ब जिल्ला कमिटी सचिव राम बहादुर शाही,सदस्य नवराज चलाउने,तुर्माखाद गाउँपालिका संयोजक टेक बहादुर बयक विभिन्न वडाका वडासभापति लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker