उपनिर्वाचनले सरकारको अलोकप्रियताको सूचक देखायो : प्रतिनिधी सभा सदस्य बिष्ट

उपनिर्वाचनले दुई वर्षको अवधिमा सरकारको अलोकप्रियताको सूचक देखाएको प्रतिनिधि सभा सदस्य एवम् काङ्ग्रेस नेता राम बहादुर बिष्टले बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस ढकारी गाउपालिका वडा नम्बर २ र ३ हिच्मामामा भएको संयुक्त आमसभामा प्रमुख अथितीको आसन बाट बाल्दै बिष्टले अर्को चुनावसम्म नेकपा झनै अलोकप्रिय बन्ने र कांग्रेस पहिलो दल बन्ने उहाँले दाबी गर्नुभयो ।
नेपाली काङ्ग्रेस ढकारी गाउपालिका वडा नम्बर २ र ३ को संयुक्त आमसभा हिच्मामा सम्पन्न भएको छ । हिच्माका वडा सभापति बिष्णु रिमालको सभापतित्वमा भएको कार्यक्रमका विशिष्ट अतिथिको आसन बाट बोल्दै प्रदेश सभा सदस्य तथा काङ्ग्रेस नेतृ अम्बिका थापाले प्रदेश सरकारले गरेका कुनै पनि बिकास निर्माणका काम हरु संतोषजनक नभएको बताउनुभयो । प्रदेश सरकारका सम्पुर्ण योजना हरु कार्यकर्तामुखि भएको उनको भनाइ छ ।
कार्यक्रममा पुर्व पाटि सभापति एवम् महासमिति सदस्य पुष्प बहादुर शाह ,महासमिति सदस्य देबराज देबकोटा,बल बहादुर कुवर,पुर्व सांसद अक्कल बहादुर बिष्ट ,महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट, क्षेत्रीय सभापति लक्ष्मण शाह ,ढकारी गाउपालिका अध्यक्ष एवम् काङ्ग्रेस जिल्ला सदस्य धन बहादुर बुढा ,जिल्ला सदस्य हरि बुढा ,लाल बहादुर भण्डारी ,द्वारिका प्रसाद उपाध्याय ,पुर्व पाटी सचिव राम बहादुर शाही ,तरुणदल जिल्ला अध्यक्ष प्रकाश बहादुर साउद क्षेत्रिय सदस्य चन्द्र बुढा ,शिक्षक संघ ढकारी गाउपालिका अध्यक्ष बम बहादुर बुढा,तरुणदल जिल्ला सदस्य चक्र सावद,नेपाल विद्यार्थी संघका नेता टंक साउद लगायतले मन्तव्य राख्नुभएको थियो ।
जनक बहादुर शाहीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नवराज नेपालीले गर्नुभएको नेपाल विद्यार्थी संघका नेता पुर्ण बुढाले जानकारी दिनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस