छाउगोठमा मृत्यु भएकी पार्बतीका जेठाजु अनुसन्धानको दायरामा

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा २१ वर्षया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएपछि एक जना पक्राउ परेका छन्। अछाम प्रहरीले छाउगोठमा निधन भएकी रावतका जेठाजु छत्र राउतलाई पक्राउ गरेको हो ।

उनका पति वैदेशिक रोजगारीमा रहेको र सासुससुरा पनि बाहिर भएकाले जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीले बताए। छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ ।

कानुनले छाउगोठमा महिलालाई राख्नु वा बस्नु दण्डनीय भनेको छ। डीएसपी शाहीले मुद्दा प्रक्रिया अघि बढेको बताउँदै मृतकलाई छाउगोठमा बस्न बाध्य पारिएको हो वा आफैं बसेको भन्ने अनुसन्धानबाट खुल्ने बताए । छाउगोठमा महिलाको मृत्यु भएपछि परिवारका सदस्यलाई तत्काल पक्राउ गरी कारवाही थाल्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker