बयालपाटा अस्पतालका बिरामीकालागी जन्मोत्सवमा समाजसेवी कुवँरद्धारा बल्याँकेट बितरण

सामाजिक कार्यमा क्रियाशिल साँफेबगरका समाजसेवी कृष्ण कुवँरले बयालपाटा अस्पताललाई बलेंकेट प्रदान गर्नुभएको छ ।

आफ्नो ३४ औँ जन्म दिवसको अवसरमा बयालपाटा अस्पतालका लागि १५ हजार ९ सय ५० पर्ने ११ वटा बलेंकट र ७ हजार ५ सय पर्ने बाल्ट्राको तातोपानी तताउने ५ लिटरको जग प्रदान गर्नुभएको हो ।

शुक्रबार भएको बलेंकेट हस्तान्त्ररण कार्यक्रममा बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर पवन केबी अग्रवालले कुवँरलाई जन्मदिनको अवसरमा शुभकामना दिदैँ उहाँले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । कुवँरले प्रदान गरेको सामाग्रीले संस्थालाई राहत हुने भन्दै निर्देशक डाक्टर अग्रवालले यस्ता सकरात्मक कामको सिको अरुले पनि गर्नुपर्नेमा जोड दिनुभयो । समाज विकास र परिर्वतनका लागि यस्तै समाजसेवीको अहम भुमिका हुनृ उहाँको भनाई थियो । विभिन्न समयमा समाजिक क्षेत्रमा सकरात्मक काम गर्दै आईरहनु भएका कुवँरले अस्पतालमा आउने बिरामीलाई चिसो समयमा न्यानो होस भन्ने उद्देश्यले बलेंकेट प्रदान गरिएको बताउनु भयो ।

समाजसेवी कुवँर बिगत ४ बर्ष यता समाजमा सकरात्मक प्रभाव पर्ने खालका रचनात्मक काम गर्दे आईरहनु भएको छ । यस अघि गएको बर्षको जन्म दिनमा पनि कुवँरले बैद्यनाथ धाममा अध्ययनरत बटुकहरुलाई स्टेश्नरीका सामग्री बितरण गर्नु भएको थियो । त्यस भन्दा अघिल्लो बर्ष कुवँरले बयालपाटा अस्पतालमै बलेंकेट प्रदान गर्नुभएको थियो । केहि समय अगाडी साँफबेगरमा सम्पन्न खुल्ला राष्टिय भलिबल प्रतियोगितामा खेलाडीहरुको सम्मान र उनिहरुको खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट टिम सहभागी गराई जित हासिल समेत गर्नुभएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker