Techie IT

महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत जयगढमा देउडा खेल प्रद्धशनी 


दिनेश केशी,रेडियो बान्नीगढी

महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत बर्दादेबीमा देउडा कार्यक्रम सम्पन्न भएको छ । समान्ताको पुस्ता,बलत्कार बिरुद्धको ऐक्यबद्धता भन्ने मुल नाराका साथ १६ दिने अभियान सफल पार्न बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेबीको आर्थीक सहयोग र महिला सन्जाल बर्दादेबीको आयोजनामा देवल बजारमा देउडा खेल प्रद्धसनी गरिएको छ ।

आवाज देउडा

महिला हिँसा न्युनिकरण समन्धी बिभिन्न नारा सहित सम्पुर्ण महिलाहरुले बजार परिक्रमा गरेका थिए । महिला हिँसा अन्त्य गरौ, छाउपडि कुपथा्र अन्त्य गरौँ, १६ दिने अभियान सफल पारौ, लगायतका पर्चा प्रद्धसनी गर्दै बजार परिक्रमा गरेका हुन ।
आवाज नारा

महिला सन्जाल बर्दादेबीका अध्यक्ष रुपा थापाको अध्यक्षतामा भएको देउडा खेल कार्यक्रमका प्रमुख अथिती वडा नम्बर ३ का अध्यक्ष कुल बहादुर सेट्टी रहनु भएको थियो । प्रमुख अथितीको आसनबाट बोल्दै सेट्टीले महिलामाथी हुने हिँसाले घरपरिवार र समाजमा सामाजिक रुपमा असर गर्ने भएकाले सबै महिलाहरु एकरुपता भएर हिँसा न्युनिकरणमा जोड दिन आग्रह गर्नु भएको । समाजमा जरा गाडेर बसेको छाउपडि कुपथा्र न्यनिकरणका लागी वडाबाट गर्नु पर्ने सहयोग पुर्ण रुपमा गर्ने उहाँले उल्लेख गर्नु भयो । आफ्नो घरमा पनि कसैलाई छाउगोठमा नबसाउने र बस्न नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।


कार्यक्रममा अन्य अथितीहरु वडा सदस्य डबल सिँह ठकुल्ला,रेडक्रस प्रतिनिधी हर्कराज शर्मा, दलित सेवा संघ अछामका कार्यक्रम संयोजक सरिता तामा्रकार,महिलाअधिकारकर्मी निर्मला साउँद,सन्चारकर्मी प्रहरीचौकी जयगढ प्रमुख लगायत समाजसेबी महिलाअधिकारकर्मीको सहभागीता रहेको थियो ।


महिलाहरुले समाजमा थर्पै चुनौती भोग्नु परेको, महिलाहरु हिँसाको सिकार बन्ने मुख्य कारक मदिरा बनेकाले यसको न्यनिकरणमा गाउँपालिकाले कुनै पहल कदमी नचाल्दा महिलाहरु पुरुषको त्रासै त्रासमा जिबन यापन गरिरहेको कुरा अवगत गराउँदै महिला बहुदेशीय सहकारी सस्थाका अन्जु सर्माले देउडाखेल कार्यक्रमको स्वागत गर्नु भएको थियो । भने कार्यक्रमको सन्चालन रतन देबी ठकुल्लाले गर्नु भएको हो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस