Techie IT

पञ्चदेवल बिनायक नगरपालिकामा कर्मचारीको लाप्रवाही, महिला हिँसा बिरुद्ध प्रभावकारी कार्यक्रम सन्चालन हुन सकेन


दिनेश केशी,रेडियो बान्नीगढी

१६ दिने महिला हिँसा बिरुद्ध देशैभरि बिभिन्न कार्यक्रम सन्चालन भईरहँदा पन्चदेवल बिनायक नगरपालिकामा प्रभावकारी रुपमा कार्यक्रम हुन सकेको छैन ।

नगरपालिकाका कर्मचारीको लापर्बाहीका कारण १६ दिने महिला हिँसा बिरुद्धका कार्यक्रम प्रभावकारी रुपमा सन्चालन हुन सकेका छैनन । अछामका अन्य स्थानीय तह अन्तरगत महिला हिँसा न्यनिकरणका लागी बिभिन्न र्याली, गाष्टी लगायत जनचेतनामुलक कार्यक्रम सन्चालन भईरहँदा पञ्चदेवल बिनायक नगरपालिकाका महिला साखा प्रमुख भने बिदा लिएर बाहिर जानु भएको छ ।

नगरपालिका संग बुझ्न खोज्दा बिरामी बिदा लिएर महिला साखा प्रमुख बाहिर गएका बताइएको छ । नगरपालिकामा महिला हिँसा बिरुद्ध सामान्य अन्तरक्रिया कार्यक्रम भएपनि दुरदराजका महिला अँझै हिँसाको सिकार बनेका गाउँघरमा प्रभाबकारी बन्न नसकेको हो ।

पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले महिला सशत्तीकरणका लागी देशै भरि बिभिन्न कार्यक्रम चलिरहँदा पञ्चदेवल बिनायक नगरपालिकाले प्रभाबकारी कार्यक्रम सन्चालन नगर्दा र महिला अधिकारकर्मी नै नगरपालिकामा नहुँदा महिलाहरु आफ्नो अधिकारको प्रत्याभुत गर्न बाट बन्चित भएका छन ।

बान्नीगढी टुडेले महिला हिँसा बिरुद्ध नगरपालिकामा केकस्ता कार्यक्रम सन्चालन भईरहेका छन र महिला हिँसाको अवस्थाका बारेमा बुझ्न खोज्दा महिला साखा प्रमुख बाहिर रहेको र उहाँ आफु केहि कारण ब्यस्त भएकाले पत्रकारलाई केहि छिन पछि फोन गर्न आग्रह गर्नु भएको थियो ।

उहाँले भनेबोमोजिम नै फोन गर्दा सम्पर्क भएपनि अहिले सम्म फोन उठ्न सकेको छैन । महिला हिँसा न्युनिकरणका लागी महिला साखाबाटै लाप्रबाही भएकाले दुरदराजका महिलाहरु अँझै हिँसाको चपेटामा बसिरहनु पर्ने बाध्यता रहेको स्थानीयबासीले गुनासो गरेका छन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!