अछाममा अस्पताल भित्रै बिरामीले आत्महत्या गरे

अछामको बयालपाटा अस्पतालमा उपचाररत बिरामीले आत्महत्या गरेका छन् ।
विगत २ बर्षदेखि दीर्घक्षयरोगको उपचार गराईरहेका मंगलसैन नगरपालिका वडा नम्बर ८ ओलिगाउँका ५० बर्षीय सर्जन परियार अस्पतालभित्रै मृत अवस्थामा फेला परेका हुन् । सोमबार राती उनले आफु बस्ने कोठाको पंखामा डोरीले पासो लगाई आत्महत्या गरेका अछाम प्रहरीले जनाएको छ ।
उनी २ बर्षदेखि बयालपाटा अस्पतालमा उपचार गराई रहेका थिए । क्षयरोगको औषधि अनियमित गर्दा रोग कडा हुँदै गएको अस्पतालले जनाएको छ । क्षयरोग कडा भएको र अरुलाई समेत सर्ने भएकाले उनलाई छुट्टै कोठामा राखेर उपचार भैरहेको थियो ।
उनको औषधिको मात्रा माघ महिनामा पूरा हुने अस्पतालले जनाएको छ । उनले त्यसअघि नै आत्महत्या गरेका छन् । मृतक परियारको आज जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईएको छ । मृतकका श्रीमति ४ छोरा र १ छोरी छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस