Techie IT

उच्च अदालत दिपायलद्धारा पञ्चदेवल बिनायक नगरपालिकालाई उत्प्रेषण आदेश


उच्च अदालत दिपायल डोटीद्धारा पञ्चदेवल बिनायक नगरपालिकालाई उत्प्रेषण आदेश जारी गरेको छ । नगरपालिकामा कर्मचारी हाजिरीमा मनोमानी नगर्न ,अख्तियार प्राप्त निकायबाट तोकिएको कार्य सम्पादन गर्न बाधाअडचन नगर्न नगराउन भनि उच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ ।

गत भाद्र ३१ गते पञ्चदेवल विनायक नगरपालिकाका वरिष्ठ अधिकृत पदमबहादुर माझीले दायर गरेको रिट निवेदनमाथि मंसिर २९ गते फैसला सुनाउँदै उच्चअदालत दिपायल डोटीले विपक्षीको नाममा हाजिर हुन र कर्मचारीलाई बाधा नपुर्याउन आदेश दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंले मंगलसैन नगरपालिकाबाट समायोजन संशोधन सहित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पञ्चदेवल विनायक नगरपालिकामा हाजिर हुन खटाएको थियो ।

यतापञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीकान्त बजगाइले हाजिर हुन नदिई पदीय कर्तव्य पालना गर्न पदमबहादुर माझीलाई बाधा अवरोध गरेका थिए ।

नगर प्रमुख देवराज देवकोटा, तत्कालीन कार्यबाहक नगर प्रमुख पदमबहादुर धामी, लक्ष्मीकान्त बजगाई र जिल्ला प्रशासन कार्यालय अछाम समेत विपक्षी रहेको उक्त उत्प्रेषण मुद्दाको अदालतले अन्तिम किनारा लगाइदै फैसला सुनाएको हो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस