बान्नीगढि सरकारको कमाल – बिद्यालय भित्रै मदिराका बोत्तल फालाफाल

बान्नीगढि जयगढ गाउँपालिकाले मदिराका सिसि वोतल लगायतका फोहोरहरु बिद्यालय हाता भित्र फालेको भेटिएको छ ।
बान्नीगढि जयगढ गाउँपालिकाले जयगढ बजारमा अवस्थित सरस्वती माद्यामीक बिद्यालयको हातालाई मदिराका सिसि तथा गुट्खा लगायत फोहोर व्यवस्थापन गर्न प्रयोग गरेको हो ।
मँगलवार बान्नीगढि जयगढ गाउँपालिकाको ट्याक्ट्ररले जयगढ बजारबाट संकलन गरेको मदिराका सिसि,सिरिन्ज तथा अैाषधीका खोल,गुट्का लगायत मादक पदार्थका बट्टाहरु बिद्यालय हाता भित्रै अव्यवस्थीत रुपमा फालेको हो ।
बान्नीगढि टुडेलाई प्राप्त तस्वीरमा बिद्यालयमा पठनपाठन भईरहेको बेला ट्याक्ट्ररबाट मदिराका खोल लगायतका शिसि र फोहर बिद्यालयहाता भित्रै झार्दै गरेको प्रष्ट देखीन्छ ।
बिद्यालय हाता भित्र मदिराका बोतल संगै फोहोर फालीएको बिषयमा बिद्यालयका निमित्त प्रधानाध्यापक टेक बहादुर कुँवरले भने गाउँपालिकाले माटो फाल्ने भनेर बिद्यालयलाई जानकारी गराएकोमा गाउँपालिकाले झुक्याएर मदिराका बोतल लगायत फोहोर फालिएको बताउनु भएको छ । गाउँपालिका सरकारले नै बिद्यालय जस्तो सम्वेदनशिल क्षेत्रको हाता भित्र मदिराका वोतल लगायतको फोहोर थुपार्नु दुःखद पक्ष रहेको उहाले बताउनुभयो ।
बाईट : टेक बहादुर कुँवर ।
यस्तै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर साउदले भने बिद्यालय हाता भित्र मदिराका बोतल लगायत फोहोर थुपारिएको बिषयमा आफु बेखवर रहेको बताउनु भएको छ । वडाका कार्यवाहक वडा अध्यक्ष डवल ठकुल्लाले भने बिद्यालय जस्तो सम्वेदसनशील क्षेत्रको हाता भित्रै मदिराका वोतल थुपारिएको आपत्ती जनाउनु भएको छ ।
बाईट : डवल ठकुल्ला ।
बिद्यालय हाता भित्रै मादक पदार्थ मदिराका बोतल,शिरिञ्ज लगायत फोहोर थुपारिएको भेटिए संगै बान्नीगढि जयगढ गाउँपालिका सरकारको सर्वत्र आलोचना हुन थालेको छ ।
बिद्यालय हाता भित्र फोहोर जम्मा गरेको बिषयमा चर्चा हुन थालेपछि फोहोर थुपारिएको क्षेत्रमा संचारकर्मी संगै पुगेका एक अगुवाले गाउँपालिका अध्यक्ष राजेन्द्र खड्कालाई फोहोर थुपारिएको बिषयमा बुझ्न टेलिफोन गर्दा गाउँपालिका अध्यक्ष खड्काले बिद्यालय हाता भित्र मदिराका बोतल लगायतका फोहोर फाल्न लगाएको स्विकार गर्दै बोतल फाल्दैमा के हुन्छ र माटोले ढाके त भई हाल्यो नी भन्ने प्रतिक्रिया दिएका थिए ।
बिद्यालय हाता भित्र मदिराका बोतल थुपारेको बिषयमा मिडियामा समाचार प्रकाशन तथा प्रशारण हुन थालेको भन्दै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई एक अगुवाले सचेत गराउन खोज्दा उल्टै खड्काले यस्ता मिडिया देखेर आफु नडराउने प्रतिक्रिया दिएको कुरा पनि सतहमा आएको छ ।
स्रोतका अनुसार गाउँपालिका अध्यक्ष खड्कालाई बिद्यालय हाता भित्र मदिराका बोतल लगायतका फोहोर थुपारिएको भन्दै मिडियाले बिषय उठाएको प्रति तीँ अगुवाले उनलाई यस्तो कार्य सच्याएर अगाढि बढ्नुपर्ने सुझाव दिई रहेका थिए ।
तर गाउँपालिका अध्यक्ष खड्काले ती अगुवालाई उल्टै आफु साना तिना मिडिया देखी नडराउने प्रतिक्रिया दिएका थिए । यता बान्नीगढि गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले भने बिद्यालय हाता भित्र थुपारिएको मदिराका बोत्तल लगायत फोहोर तत्काल व्यवस्थीत पार्ने उल्लेख गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker