बिद्यालयमा मदिराका बोतल फालिएकोमा नेकपाको आपत्ती

सरस्वती माद्यामिक बिद्यालय जयगढको हाता भित्र बान्नीगढि जयगढ गाउँपालिकाले मदिराका बोतल,मादक पदार्थका खोल लगायतका फोहोर थुपारेको बिषयमा आपत्ती जनाउदै नेपाल कम्युनिष्ट पार्टि नेकपाले बिज्ञप्ती जारी गरेको छ ।
बिद्यालयजस्तो सम्वेदनशिल तथा शान्ती क्षेत्रमा गाउँपालिका सरकार तथा सरकार प्रमुखको नेतृत्वमा मदिराका बोतल लगायत फोहोर थुपारिएकोमा गम्भीर आपत्ती जनाउदै नेपाल कम्युनिष्ट पार्टि नेकपा बान्नीगढि जयगढ गाउँ संगठन कमिटिले प्रेस बिज्ञप्ती जारी गरेको हो ।
बिद्यालय हातामा मदिराका बोतल लगायत फोहोर थुपारिए पछि चौतर्फि रुपमा आलोचना र बिद्यार्थीद्वारा प्रर्दशन हुदा रातारात पुरिएका बोतल बिज्ञप्ती प्रकाशित भएको ४८ घण्टा भित्र झिकेर अन्यन्त्र व्यवस्थीत पार्नुपर्ने समेत बिज्ञप्ती मार्फत माग गरिएको छ ।
बिद्यालय जस्तो सम्वेदनशिल क्षेत्रको हाताभित्र पठन पाठन भईरहेका समयमा गाउँपालिका सरकार र सरकार प्रमुखले मदिराका बोतल फाल्ने जस्तो काम गरेको भन्दै नेकपाले गाउँपालिका सरकार प्रमुखलाई नालायकको संज्ञा दिएको छ ।
पढाई भईरहेका समयमा बिद्यालयको हातामा मदिराका बोतल थुपारीनुले बान्नीगढि जयगढ गाउँपालिका सरकार बिद्यालय हातालाई मदिरा कन्टेनर र बिद्यार्थीलाई मदिरा व्यापारीका उपभोक्ता बनाउन अग्रसर छ भन्ने कुरा पुष्टि भएको छ बिज्ञप्तीमा भनिएको छ ।
बिद्यालयहाता भित्र मदिराका बोतल फालिएको बिषयमा बिद्यालय व्यवस्थापन समिति र बिद्यालय प्रशासन बोल्नुको सट्टा मदिराका बोतल थुपारेकोमा बिरोध प्रर्दशन गर्ने बिद्यार्थीलाई दोष लगाउदै गाउँपालिका सरकारको बचाउमा बिद्यालयले बिज्ञप्ती निकालेको प्रति पनि नेकपाले आपत्ती जनाउदै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष र निमित्त प्रधानाध्यापकको राजिनामा पनि माग गरेको छ ।
गाउँपालिका सरकार तथा नालायक सरकार प्रमुखको निर्देशनमा बिद्यालयमा मदिराका बोतल फालिएको बिषयमा बोल्न थुरथुर काप्ने तर स्वस्फुर्त रुपमा फोहोर हटाउन माग गर्दै आन्दोलनमा उत्रिएका बिद्यार्थीलाई प्रेस बिज्ञप्ती मार्फत दोष लगाउने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र निमित्त प्रधानाध्यापकलाई नैतिकताका आधारमा राजिनामा पेश गर्न अनुरोध गरिन्छ , नेपाल कम्युनिष्ट पार्टि नेकपा बान्नीगढि जयगढ गाउँपालिका संगठन कमिटि अध्यक्ष तरुण खड्काद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
यस्तै नेकपाले बिद्यालयका निवर्तमान प्रधानाध्यापक झपट सिँह रावललाई झुटो आरोप लगाउदै बदनाम गर्न खोजिएको प्रति पनि आपत्ती जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस