भ्रमण वर्ष सफल पार्न रामारोशन गाउँपालिकामा तयारी तिव्र

नेपाल सरकारले आगामी वर्ष मनाउन लागेको भ्रमण वर्ष २०२० लाई सफल पार्न रामारोशन गाउँपालिकामा पनि तयारी तिव्र पारिएको छ ।

गाउँपालिकाका अनुसार भ्रमण बर्ष २०२० लाई लक्षीत गरि पर्यटकिय क्षेत्र रामारोशनमा बिभिन्न कार्यक्रम सँचालन गर्ने तयारी गरिएको हो ।

जस अन्र्तगत गाउँपालिकाको कार्यपालिका बैठकले रामरोशन पर्यटकिय क्षेत्रलाई प्रचार प्रसार गरि पर्यटक भित्र्याउन जिल्लास्थित सरोकारवाला १० वटै स्थानिय तहका प्रमुख उपप्रमुख लगायतको उपस्थीतिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्ने निर्णय गरेको रामारोशन गाउँपालिकाका योजना शाखा प्रमुख दल बहादुर साउदले जानकारी दिनुभयो ।

पर्यटकिय क्षेत्र रामरोशनमा भ्रमणमा आउने पर्यटकहरुलाई सहज रुपमा आवत जावत गर्न भत्केका तथा बिग्रीएका ग्रामीण सडक मर्मत सम्भार गर्ने काम अगाढी बढाईएको उहाले बताउनुभयो ।

यसै बिच पर्यटकहरुलाई रामारोशनमा केन्द्रित गर्न रामारोशन तालमा यस बर्षबाट डुँगा सँचालन गर्ने योजना शाखा प्रमुख दल बहादुर साउँदले उल्लेख गर्नु भएको छ । यसै बिच हामीले भ्रमण बर्ष २०२० लाई लक्षीत गरि रामारोशन गाउँपालिकामा के कस्ता क्रियाकलाप सँचालन भईरहेका छन भन्ने बारे योजना शाखा प्रमुख साउँदसँग कुराकानी गरेका छौ ।
सुनौ यो कुराकानी

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker