अपर कर्णाली जलविद्युतको जिएमआर कार्यालयमा बिस्फोट , के भन्छन त अछामका डिएसपी ?

अपर कर्णाली जलविद्युत आयोजना निर्माण जिम्मा लिएको जिएमआर कम्पनीको कार्यालयमा बिस्फोट भएको छ ।

हिजो साझ अछामबाट गएका विप्लव कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेकोे थाहा खबरमा समाचार सम्प्रेषण गरिएको छ । अछामको तुर्माखाद गाउँपालिकाबाट गएको प्रतिवन्धित नेकपाको टोलीले दैलेखको आठबिस नगरपालिका २ मा रहेको कार्यालयमा वम प्रहार गरेको जनाइएको छ ।

घटनाको उक्त पार्टीले जिम्मेवारी लिएको समेत थाहा खबरले लेखेको छ ।

यता अछाम प्रहरी प्रमुख डिएससप दिपक भारतीले भने बम बिस्फोट भएको तर अछाम या दैलेख कुन ठाँउमा भएको भन्ने कुरा पुष्टी भई नसकेको बताउनुभएको छ ।

केहीबेर अघि रेडियो बान्निगढीसंगको कुराकानिमा डिएसपि भारतिले सो कुरा उल्लेख गर्नुभएको हो । अछाम प्रहरी घटनास्थलतर्फ प्रस्थान गरिसकेको समेत उहाँले बताउनुभयो ।

बाईट भारती …….

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker