Techie IT

बान्नीगढी गाउँपालिकाको सार्वजनीक सुनुवाई माघ १० गते


बान्नीगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई माघ १० गते हुने भएको छ ।

आज हुने भनिएकोे सार्वजनिक सुनुवाई बर्षाका कारण प्रभावीत भएपछि माघ १० गतेका लागी सारिएको हो । आर्थिक बर्ष २०७५।७६ को बार्षीक निति तथा कार्यक्रमको सार्वजनिक सुनुवाई माघ १० गते हुने गाउँपालिकाले सुचना प्रकाशित गरि जनाएको छ ।

शुसासन नियमावली २०६४ बमोजीम आर्थिक बर्ष सकिए सँगै सार्वजनिक सुनुवाई गर्नुपर्ने कानुनी व्यवस्था रहेको भएपनि बान्नीगढी जयगढ गाउँपालिकामा पौष मसान्तमा सार्वजनिक सुनुवाई कार्यक्रमको तयारी गरिएको हो ।

गाउँपालिकाले सार्वजनिक सुनुवाई नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टि नेकपा बान्नीगढी गाउँ कमिटिले गाउँपालिका अध्यक्ष समक्ष ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

बर्षाका कारण खुल्ला ठाउँमा सार्वजनिक सुनुवाई गर्न नसकिने समस्या सँगै गाउँपालिकामा उचित हालको अभाव हुदा सार्वजनिक सुनुवाईको मिति सार्नु परेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुँगानाले बताउनु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस