बान्नीगढि गाउँपालिकाका करिव ५० कुर्ची अज्ञात समुहद्वारा नष्ट

बान्नीगढि जयगढ गाउँपालिकाको अतिथि भवन प्राङ्गणमा राखएका करिव ५० कुर्ची अज्ञात समुहले आगजन गरि नष्ट बनाएको छ ।

पौषा २९ गते हुने भनिएको गाउँपालिकाको सार्वजनिक सुनुवाईका लागी गाउँपालिकाको अतिथि भवनको प्रागङ्णमा राखीएका कुर्चीहरु अज्ञात समुहले मंगलवार राती आगजनी गरि नष्ट बनाएको हो ।

बर्षाका कारण सार्वजनिक सुनुवाइ स्थगीत भएपछि गाउँपालिकाका कुर्चीहरु अतिथि भवनको प्रागङ्णमा राखीएका थिए ।

कुर्चीहरु नष्ट भएकोबारे गाउँपालिकालाई बुधवार बिहान खवर भएको थियो ।

गाउँपालिकाका कुर्चिहरु अज्ञात समुहले नष्ट गरेको खवर पाए संगै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेसराज ढुँगानाले स्थलगत अनुगमन गरि अनुसन्धान प्रकृया अगाढि बढाईएको बताउनु भएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान प्रकृया सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker