अछाममा छाउ गोठ भत्काउने अभियान तिव्र : के भन्छन महिला अगुवा रावल (कुराकानी)

अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान तिव्र पारिएको छ ।

स्थानिय सरकार,प्रहरी,प्रशासन महिला अगुवा लगायतको सक्रियतामा जिल्लामा छाउगोठ भत्काउने अभियान तिव्र पारिएको हो । गत पौष १० गते जिल्ला सदरमुकाम मँगलसेनमा भएको सर्वदलिय,सर्वपक्षीय बैठकको निर्णय अनुसार जिल्लाका सवै स्थानिय तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाढी बढाएको छन ।

जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वपक्षीय निर्णय अनुसार माघ मसान्त भित्र जिल्लाका ९१ वटै वडा,फागुन १५ भित्र पालिका तथा नगरपालिका र फागुन मसान्त भित्र जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी अगाढी बढाईएको छ ।

यसै बिच अन्तरपार्टि महिला सँञ्जाल अछामका जिल्ला अध्यक्ष बिन्दु रावलले छाउगोठ भत्काउने अभियान तिव्र पारिनु सुखद रहेको बताउनु भएको छ । जिल्लामा छाउगोठमा बसेकै कारण दर्जन भन्दा बढि महिला तथा किशोरीले ज्यान गुमाउदा समेत चेतनाको बिकास नभएका कारण सरोकारवालाको सक्रियतामा छाउगोठ भत्काउनु सकारात्मक रहेको रावलले औल्याँउनु भएको हो ।

रेडियो बान्नीगढीसँगको कुराकानीका क्रममा अन्तरपार्टि महिला सञ्जाल अछामका अध्यक्ष बिन्दु रावलले जिल्लामा महिला जनप्रतिनिधि,शिक्षीका लगायत अगुवाहरु नै छाउगोठमा बस्नु लज्जास्पद रहेको समेत बताउनु भएको छ । यसै बिच आज हामीले अछाममा छाउगोठ भत्काउने अभियानका बिषयमा उहासँग कुराकानी गरेका छौ ।
सुनौ यो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker