मकवानपुरको रिसोर्टमा अचेत भेटिएका ८ भारतीयको ज्यान गयो

मकवानपुरको एभरेस्ट पानारोमा रिसोर्टमा बसेका आठ जना भारतीय पर्यटकको ज्यान गएको छ ।
मकवानपुरको थाहा नगरपालिका ४ को सिमभञ्ज्याङमा रहेको रिसोर्टमा बसेका उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।
अचेत अवस्थामा भेटिएका सात जनालाई उपचारका लागि काठमाण्डो लगिएकोमा अस्पतालले उनीहरुलाई पनि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक ९एसपी० सुशिलसिंह राठोरले जानकारी दिनुभयो । एक जनाको रिसोर्टमै ज्यान गएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । दुई वटा कोठा लिएर बसेका उनीहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको थियो । उनीहरु भारतको केरला प्रदेशका नागरिक रहेको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरुमा भारत केरला राज्यका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, पाँच वर्षीय अभि, सात वर्षीया अर्चना, पाँच वर्षीय वैशनव र नौ वर्षीय वन्द्र रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरु दुई वटा कोठामा बसेको भए पनि बेहोस अवस्थामा भने एउटै कोठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरुको निसास्सिएर बेहोस भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
उनीहरु १५ जनाको समूहमा काठमाण्डौको नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौँडा आएको बुझिएको प्रहरीले जनाएको छ । उज्यालो
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- २ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ३ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ४ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ५ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ६ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ७ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
- ८ माविकाे प्रअबाट राजिनामा दिएका शाही वडा अध्यक्षमा निर्वाचित
प्रतिक्रिया दिनुहोस