मध्य–सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

पश्चिमी वायु सक्रिय हुँदा अहिले मध्यपश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।
देशका अरु ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरैजसो ठाउँको मौसम नखुल्ने र मध्य पश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
पश्चिमी वायुको प्रभाव देशभरि नै परे पनि पश्चिमबाहेकका ठाउँमा पानी नपर्ने उहाँको भनाइ छ । तर मौसम बदली भने हुनेछ । बुधबारदेखि भने मध्यपश्चिम र सुदूरपश्चिमको मौसम पनि खुल्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस