Techie IT

बान्नीगढि गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमको सम्पुर्ण तयारी पुरा


बान्नीगढि जयगढ गाउँपालिकाको भोली हुने सार्वजनिक सुनुवाई कार्यक्रमको तयारी पुरा भएको छ । भोली हुन गईरहेको आर्थिक बर्ष २०७५र७६ को बार्षीक निति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रमको तयारी पुरा भएको हो ।

पौष २९ गते हुने भनिको सार्वजानिक सुनुवाई लगातारको बर्षाकाका कारण  स्थगीत हुदा माघ १० गते गर्ने तय गरिएको थियो ।

भोलि हुने सार्बजानिक सुनुवाईको सबै तयारी पुरा भए संगै गाउँपालिकामा भए गरेका सबै क्रियाकलापको जनता सामु छर्लगं पार्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुंगानाले बताउनु भएको छ ।

सार्वजानिक सुनुवाई गर्ने समयमा गाउँपालिका प्रमुख नहुदा सुनुवाई गर्न ढिलो हुन पुगेको ढुंगानाले उल्लेख गर्नु भयो ।

यसै बिच आज हामीले १० गते तय गरिएको सार्वजानिक सुनुवाई कार्यक्रमको तयारी के कती भयो भनेर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेश राज ढुंगानालाई सोधेका छौ ।

कुराकानी सैलेशराज ढुंगाना


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस