बान्नीगढि गाउँपालिकाको सार्वजनिक सुनुवाइमा बिवाद

बान्नीगढि जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा बिवाद भएको छ । बिवादका बिच सार्वजनिक सार्वजनिक सुनुवाइ कार्यक्रम समापन गरिएको छ ।

आर्थिक बर्ष २०७५/७६ को निति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइका क्रममा प्रश्न जवाफका क्रममा बिवाद भएको हो ।

कार्यक्रममा सहभागीहरुले राखेका प्रश्नहरुको जवाफ नआएको भन्दै सहभागीहरुले जवाफ पाउनु पर्नेमा जोड दिदा बिवाद भएको थियो ।

कार्यक्रमका एक सहभागीले बान्नीगढि जयगढ गाउँपालिका अध्यक्षको प्रायोजनका लागी मासिक रुपमा भाडामा लिईएको गाडि गाउँपालिकाका एक वडा अध्यक्षले सरकारी कामकाजका लागी जिल्ला बाहिर लगे बाफतको भाडा अर्कै गाडिको बिल पेश गरि करिव ५० हजार भुक्तान लिन खोजीएको बिषयमा गाउँपालिका अध्यक्षबाट जवाफ माग गरेका थिए ।

सो प्रश्नको जवाफ नदिई कार्यक्रम गाउँपालिका अध्यक्ष खड्काले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

गाउँपालिकाले गत आर्थिक बर्षमा गरेका काम कार्वाहिका बिषयमा राखीएको जिज्ञासाको जवाफ नदिई कार्यक्रम समापन गर्न खोज्दा बिवाद भएको नेकपा बान्नीगढि अछामका जिल्ला सचिवालय सदस्य नवराज साउदले बताउनु भएको छ ।

जनताले गाउँपालिकाका काम कार्वाहिका बिषयमा उठाएको प्रश्नहरुको जवाफ दिन नसकि कार्यक्रम समापन गर्नुले गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले लाचारीपन प्रस्तुत गरेको नेकपा नेता साउदको भनाई छ ।

जनताको प्रश्नको उत्तर दिन नसकि गाउँपालिका अध्यक्ष खड्काले कार्यक्रम समापन गर्नु आफैमा लज्जास्पद बिषय बनेको गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker