सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष खड्काले दुर्व्यवहार गरेको भन्दै नेकपाद्वारा विज्ञप्ति जारी

बान्नीगढि जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले अभद्र व्यवहार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा बान्नीगढि गाउ संगठन कमिटिले बिज्ञप्ति जारी गरेको छ ।
शुक्रबार जयगढमा भएको गाउँपालिकाको गत आर्थिक बर्षको सार्वजनिक सुनुवाइ कार्यक्रमका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुको साटो सर्वसाधारण माथी दुर्व्यवहार गर्दै अध्यक्ष खड्काले मनोमानी ढंगबाट सार्वजनिक सुनुवाइ कार्यक्रम समापनको घोषणा गरेको प्रति ध्यानाकर्षण भएको जनाउदै नेकपा बान्नीगढिले प्रेस बिज्ञप्ति प्रकाशित गरेको हो ।
नेकपा बान्नीगढि गाउँ कमिटि अध्यक्ष तरुण खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिका अध्यक्षको मनोगत, आत्मप्रशंसक, परपिडक स्वभावका कारण स्थानीय जनताले दिन प्रतिदिन क्षति ब्योहर्न बाध्य भईरहेको आरोप लगाईएको छ ।
आफुले गरेका नैतिकहिन कामका बारेमा उठेका प्रश्नहरुको जवाफ दिन नसकि निरिह ढँगबाट कार्यक्रमको माईक थुतेर सार्वजनिक सुनुवाई कार्यक्रम समापन गर्दैमा जनताको मुख बन्द हुन्छ भन्ने भ्रममा नपर्न नेकपा बान्नीगढि गाउँकमिटिले गाउँपालिका अध्यक्ष राजेन्द्र खड्कालाई सुझाव दिन चाहान्छ बिज्ञप्तिमा भनिएको छ ।
बिद्यालय जस्तो संवेदनशील क्षेत्रमा मदिराका बोतल थुपार्न लगाउने, निजि व्यवसायको फाईदाकालागि कार्यविधि निर्माण नभएको वाहाना देखाई कमशल मदिराको कारोवार गर्ने, आफ्नै निजि सवारी साधन गाउँपालिकामा ( मासीक ६५ हजार ) भाडामा लगाई मदिरा ओसारपसारमा प्रयोग गर्ने, सोहि सवारी साधन अन्य जनप्रतिनिधिले सरकारी कामकाजमै प्रयोग गर्दा अन्य गाडीको कागजात पेश गरि दोहोरो भाडा असुल्न खोज्ने लगायतका सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको जवाफ उचित ढँगबाट समयमै दिन ध्यानाकर्षण गराउँदै जवाफ माग्ने जनताको हकको कदर गर्न अध्यक्ष खड्कालाई बिज्ञप्ति मार्फत नेकपाले चेतावनि समेत दिएको छ ।
जनताका आवाज दवाउन गरिने जुनसुकै र जस्ता सुकै हतकण्डालाई बिफल गर्न हाम्रो पार्टि कडाईका साथ जस्तो सुकै कदम चाल्न तयार हुने र उक्त कुराबाट निस्कने परिणामको जिम्मेवारी स्वयम गाउँपालिका अध्यक्ष खड्काले नै लिनुपर्ने समेत बिज्ञप्ती मार्फत अवगत गराईएको छ ।
नेकपा बान्नीगढीद्धारा प्रकाशित बिज्ञप्ती
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस