जयगढमा गुणस्तरहिन मदिरा तत्काल बन्द हुनुपर्छ : नेकपा नेता तिमिल्सैना

नेपाल कम्युनिष्ट पार्टी नेकपाका शुदुरपश्चिम प्रदेश सदस्य कमल तिमिल्सैनाले बान्निगढी जयगढ गाँउपालिकामा खुल्याम बिक्रिबितरण भईरहेको अबैध तथा न्युन गुणस्तरिय मदिरा तत्काल बन्द गरिनुपर्ने बताउनुभएको छ ।
शुक्रबार बान्निगढी जयगढ गाँउपालिकाको आयोजनामा जयगढमा भएको आर्थिक बर्ष २०७५÷०७६ को सार्बनिक सुनुवाई कार्यक्रममा तिमिल्सैनाले सो कुरा उल्लेख गर्नुभएको हो । गाँउपालिको प्रमुख बिकृतिको रुपमा रहेको मदिरा नियन्त्रणमा स्थानिय सरकार मुगदर्शक बन्नु जजस्पद तथा जनमतको अबहेलना भएको समेत नेता तिमील्सैनाले टीप्पणी गर्नुभयो ।
तिमील्सैनाले मदिराकै कारण गाँउपालिकामा हालसालै मात्रै दुईजना ब्यक्तीले अकालमा ज्यान गुमाएको कुरालाई सरकारले गम्भिरताका साथ लिनुपर्ने उल्लेख गर्नुभयो ।
गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले ब्यापारीले सरकारलाई कर तिरेको वाहानामा मदिरा बन्द गर्न नहुनेमा जोड दिएर विकृति संरक्षणको पक्षमा उभिएको नेता तिमिल्सैनाले आरोप लगाउनु भएको छ ।
बाईट : कमल तमील्सैना ……….