आफु माथी गलत आरोप लगाईएको गाउँपालिका अध्यक्ष खड्काको दावी (कुराकानी)
कार्यक्रम बिथोल्न खोज्दा समापन गर्नु परेको स्पष्टोक्ती

बान्नीगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बाहदुर खड्काले आफुलाई पुर्बाग्राहि ढंगबाट आरोप लगाएको दावी गर्नु भएको छ ।
शुक्रबार सम्पन्न सार्वजानिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्षले प्रतिपक्ष दलले पुर्वाग्राहि ढंगाट मनोमानी गरेको भन्ने आरोप लगाएको दावी गर्नु भएको हो ।
सार्वजानिक सुनुवाईमा प्रश्नकर्ताहरुले आचार संहिता भन्दा बाहिर रहेर प्रश्न गरेको र एउटै बिषय बस्तुका बारेमा पटक पटक प्रश्न उठान गरेका कारण सार्वजनिक सुनुवाइ कार्यक्रममा बिवाद उत्पन्न भएको अध्यक्ष खड्काले बताउनु भएको छ ।
अन्त्य तिर बिबाद सिर्जना भएको र बाँकी प्रश्नको गाउँपालिकामा लिखित रुपमा निबेदन आएको खण्डमा प्रश्न तथा गुनासाहरुको जवाफ दिने गरि समयको पाउबन्दिका कारण कार्यक्रम समापन गरेको उहाको भनाई छ ।
निवेदन सहित चित्त बुझ्दो जवाफ मागेको खण्डमा गाउँपालिकाबाटै लिखित जवाफ दिने उल्लेख गर्दा गर्दै पुर्बाग्राहि ढंगबाट कार्यक्रम बिथोल्न खोज्दा कार्यक्रम समापन गर्नु पर्ने बाध्यता आएको अध्यक्ष खड्काले उल्लेख गर्नुभयो । यसै बिच अध्यक्ष खड्काले नेकपा बान्नीगढिले आफु बिरुद्द निकालेको बिज्ञप्ती प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ ।
यसै बिच हामीले सार्वजनिक सुनुवाइ कार्यक्रममा भएको बिवादबारे गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का संग कुराकानी गरेका छौँ । सुनौँ यो कुराकानी
कुराकानी:राजेन्द्र खड्का ।