नेकपा अछामको सचिबालय बैठक सम्पन्न : महत्वपुर्ण निर्णय पारित

नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामको सचिबालय बैठक बिभीन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले पार्टी केन्द्रले दिएको निर्देशन बमोजिम चैत्र मसान्त भित्र पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने , पार्टी केन्द्रले तय गरेको पार्टी सदस्य आचारसंहिता कडाइका साथ लागू गर्ने , स्थानीय तहमा पार्टीबाट निर्वा्चित जनप्रतिनिधिहरु र पार्टीको बिचमा समन्वय गरि जनताको पक्षमा काम गर्न बिशेष पहल गर्ने लगाएतका निर्णय गरेको जिल्ला कार्यालय सचिब नमराज न्यौपानेले जानकारी दिनुभयो ।

बैठकले हालसालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट बिजयी पार्टी केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज तारामान स्वारलाई बधाइ तथा कार्यकालको सफलताको शुभकामना समेत ब्यक्त गरेको छ ।

यसैबिचै आजै मंगलसेन न पा ५ निवासी नर बहादुर वड लगायतका केही ब्यक्तिहरुले नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नु भएको छ । नव प्रवेशीलाई पार्टी केन्द्रिय सदस्य शरद्सिंह भण्डारिले टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker