गायिका आस्था राउत पक्राउ

गायिका आस्था राउत पक्राउ परेकी छिन् । त्रिभुवन विमनस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले दिएको प्रहरी पतिवेदनको आधारमा उनि पक्राउ परेकी हुन् ।

बम
उनलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएको डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनको अहिले बीर अस्पतालमा मेडीकल जाँच गरिँदै छ ।

त्रिभुवन विमास्थलबाट १ माघमा झापा जाँदै गर्दा सुरक्षा जाँच गर्न खटिएकी प्रहरी जवान रमिशालाई उनले दुब्र्यवहार गरेकी थिईन् । तर, आस्थाले सामाजिक सञ्जालमा आफुमाथी प्रहरी जवानले सम्मान नगरेको भन्दै अपशब्द प्रयोग गरेर भिडीयो बयान पोष्ट गरेकी थिईन् ।

माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो । काठमाडौं प्रहरीमा उनिबिरुद्ध अभद्र ब्यवहार मुद्धा दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker