विद्युतिय हाजीरी जडानमा बान्नीगढी गाउँपालिकाकाे लापर्वाहि – के भन्छन अधिकृत ढुंगाना ?

सरस्वती माद्यामिक बिद्यालय जयगढमा जडित बिद्युतिय हाजीरी हाल सम्म पनि निरीक्षण नगरिएको पाईएको छ ।
शिक्षकहरुलाई बिद्यालयको पठन पाठनमा प्रतिवद्ध बनाई शैक्षिक गुणस्तर कायम गर्ने उद्धेश्यले जडान गरिएको विद्युतिय हाजीरी जडान गरेदेखी हाल सम्म पनि अनुगमन गरिएको छैन । बान्नीगढी जयगढ गाउँपालिकाले गत असारमा सरस्वती माद्यामिक जयगढमा उक्त विद्युतिय हाजीरी प्रणाली जडान गरेको थियो ।
पठनपाठनमा लापरबाही गर्ने, समयमा नआउने, समय नहुँदैे विद्यालय छाड्ने शिक्षकको अनुगमनका लागि जडान गरिएको बिद्युतीय हाजीरी जडान गरेपछि हाल सम्म एक पटक पनि गाउँपालिकाद्धारा अनुगमन नगरिएको बिद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवरले बताउनु भएको छ ।
गाउँपालिकाद्धारा बिद्युतीय हाजिरी जडान पश्चात अनुगमन तथा नियमन नगरिदा उक्त हाजिरी मेसीन प्रभावकारी बन्न नसकेको प्रधानाध्यापक कुंवरले उल्लेख गर्नुभयो ।
आवाज टेक बहादुर कुंवर ।
यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सैलेशराज ढुंगानाले बिद्युतिय हाजीरी मेसीनका बिषयमा आफु खासै जानकार नभएको बताउनु भएको छ ।
आफु गाउँपालिकामा आउनु भन्दा पहिले नै पालिका भित्रका सबै बिद्यालयमा ई हाजीरी जडान गर्ने निर्णय भएको भएपनि अहिले सम्म एउटा मात्रै बिद्यालय सरस्वती माबीमा जडान गरिएको उहाँले उल्लेख गर्नु भयो ।
गाउँपालिकामा सुचना प्रविधि अधिकृत एक जना मात्रै भएको र प्रबिधीबारे दक्षता भएका कर्मचारी अभावका कारण हाल सम्म जडान गरिएको बिद्युतिय मेसीनको अनुगमन गर्न नसकिएको गाउँपालिका अधिकृत ढुँगानाको भनाई छ ।
यसै बिच गाउँपालिकाले करिव ३ लाख खर्च गरेर खरिद गरेका करिव १ दर्जन बिद्युतिय हाजीरी मेसीन गाउँपालिकाको स्टोर शाखामा थन्किएका पाईएको छ । गत आर्थिक बर्षमा खरिद गरिएका करिव १ दर्जज बिद्युतिय हाजिरि मेसीन गाउँपालिकाले हाल सम्म पनि दक्ष कर्मचारी अभावको वाहानामा जडान नगरेको पाईएको हो । यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सैलेशराज ढुँगानाले भने स्टोर शाखामा रहेको बिद्युतयि हाजीरी सवै भन्दा पहिले गाउँपालिका कार्यालयमा जडान गर्ने र त्यस पछि अन्य बिद्यालयहरुमा जडान गर्ने उल्लेख गर्नु भएको छ ।
आवाज सैलेशराज ढुंगाना
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस