स्वास्थ्य केन्द्र चौरमाण्डौमा एक्सरे मेसिन जडान

प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा आज एक कार्यक्रमका विच राष्टिय सभा सदस्य शेर बहादुर कुँवरले एक्सरे मेसिनको उदघाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रमपछि वोल्दै राष्टिय सभा सदस्य कुँवरले चौरपाटी गाउँपालिकाका जनताले सामान्य चोट पटक लाग्दा समेत एक्स रे सेवा लिन जिल्ला वाहिर जानु पर्ने बाध्यताको समाधान भएको बताउनु भयो ।

राष्टिय सभा सदस्य कुँवरले चौरपाटी गाउँपालिकाका जनताको सहजताको लागि सरकारले एक पछी अर्को स्वास्थ्य सेवा दिईरहेको बताउदै चौरमाण्डौ स्वास्थ्य केन्द्रमा आवश्यक उपकरणको व्यवस्थापनका लागी आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
बाईट ः कुँवर १

यस्तै राष्ट्रिय सभा सदस्य कुँवरले चौरपाटीका जनताको सहजताका लागि आफुले पटक पटक विभिन्न भौतिक पूर्वाधार विकासका योजना ल्याउन सफल भएको दावी गर्नु भएको छ । आफ्नै पहलमा चौरपाटीमा स्वास्थ्य केन्द्रको भवन ल्याएको बताउदै उहाले ठेकेदारको लापरवहिका कारण भवन ढिलाई भईरहेकोमा दुःख व्यक्त गर्नुभयो ।

बाईट ः कुँवर २

स्वास्थ्य ब्यवस्थापन समिती अध्यक्ष शालिभान साउदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद, लगायत राजनिति समाजसेवीको सहभागिता रहेको थियो । गाउँपालिका उपाध्यक्ष माया कुँवरले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन न्याय हेल्थ चौरपाटी शाखाका ब्यवस्थापक हेम विश्वकर्माले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker