पञ्चदेवल नगरपालिकामा कर्मचारीको अभावका कारण स्थानीयलाई सास्ती

पञ्चदेवल बिनायक नगरपालिकाको कृर्षी तथा पशु सेवा शाखामा कर्मचारीको अभाव हुदा सेवा प्रवाहमा समस्या भईरहेको छ ।

नगरपालिकाको कृषी तथा पशु सेवा शाखामा आवश्यक कर्मचारीको अभाव कायमै रहदा सेवा प्रवाहमा समस्या भईरहको हो । पशु सेवा शाखामा हाल जम्मा ३ जना कर्मचारी रहका छन । कर्मचारी अभावका कारण सेवाग्राहिलाई आवश्यकता अनुसार छिटो छरितो सेवा प्रदान गर्न समेत समस्या भईरहेको छ ।

पशु सेवा शाखाबाट प्रदान गरिने सेवाहरु कर्मचारीको अभावका कारण पशु सेवा शाखावाट प्रदान गरिने सेवा प्रवाहमा समस्या भईरहेको पशु सेवा शाखा प्रमुख प्रेम जैशीले बताउनु भएको छ ।

बाईट : प्रेम जैसी

यता नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले भने कर्मचारी व्यवस्थापनका लागी नगरपालिकाले पहल गरिरहेको बताउनु भएको छ । नगरपालिकामा आवश्यक कर्मचारीको पदपुर्तीका लागी कर्मचारी माग गर्नेबारे आउदो कार्यपालिका बैठकमा प्रस्ताव पेश गर्ने अधिकृत माझीले उल्लेख गर्नुभयो ।

बाईट : पदम माझी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker