जयगढ बजारमा मँगलवार राती चोरी

जयगढ बजारमा मँगलवार राती चोरी भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका ३ वटा पसलबाट हिजो राती चोरी भएको हो । विच बजारमा रहेका पँकज मेडिकल,स्वस्तिका स्टेशनरी पसल,बस पार्कमा रहेको फ्रेस मासुु पसलबाट नगद सहित धनमाल चोरी भएको बताईएको छ ।
जयगढ विच बजारमा रहेको पँकज मेडिकलबाट नगद ३० हजार सहित केहि औषधी,स्वस्तिका स्टेसनरी पसलबाट केहि थान कितावहरु र वस पार्कमा रहेको मासु पसलबाट ३ हजार बढि चोरी भएको व्यापारीहरुले बताएका छन ।
यता जयगढ बचत तथा ऋण सहकारी सँस्थामा पनि चोरीको प्रयास गरिएकोमा स्थानियले उज्यालो जलाउदा चोरहरु भागेको सहकारीका अध्यक्ष रतन बहादुर साउँदले बताउनु भयो । सहकारीमा करिव सवा ९ बजे चोरीको प्रयास गरिएको खुलेको छ ।
राती १० बज्नु अगाडि नै चोरी भएपछि जयगढ बजारमा सुरक्षा चुनौती थपिएको व्यापारीहरुले बताएका छन । प्रहरीले चोरी गर्ने गीरोहको खोजी कार्य सुरु गरेको जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस