जयगढ बजारमा अपराधीक गीरोह सक्रिय : के भन्छन स्थानीय ?

जयगढ बजारमा अपराधीक गीरोह सक्रिय बनेको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका कुर्सी जलाईएको महिना दिन नपुग्दै जयगढका ३ वटा पसलमा चोरी भएपछि अपराधीक गीरोह सक्रिय बनेको देखीएको हो । मँगलवार राती १० बज्नु अगावै चोरी भएपछि सुरक्षाको अनुभुती नभएको व्यापारीहरुले बताएका छन ।

हिजो राती जयगढ बिच बजारमा रहेको पँकज मेडिकलबाट नगद ३० हजार सहित केहि औषधी,स्वस्तिका स्टेसनरी पसलबाट केहि थान कितावहरु र बस पार्कमा रहेको फ्रेस मासु पसलबाट ३ हजार नगद चोरी भएको व्यापारीहरुले बताएका छन । यता जयगढ बचत तथा ऋण सहकारी सँस्थामा पनि चोरीको प्रयास गरिएकोमा स्थानियले उज्यालो बाल्दा चोरहरु भागेको सहकारीका अध्यक्ष रतन बहादुर साउँदले बताउनुभयो ।

पँकज मेडिकलमा पसलको ताला फोडेर गल्लाबाट चोरहरुले ३० हजार बढि नगद र केहि औषधी चोरी गरेका हुन । पैसा राखीएको गल्लामा नक्कली साँचोको प्रयोग गरि चोरी गरिएको खुलेको छ । गत बर्ष पनि जयगढ बजारमा चोरी गरिरहेकै क्रममा प्रहरीले चोरहरु समात्न सफल भएको थियो । यसरी पटक पटक चोरी हुन थालेपछि व्यापार व्यवसाय सँचालन गर्न पनि डर लाग्न थालेको पँकज मेडिकलका सँचालक शुसीला खत्रीले बताउनु भएको छ ।

बाईट : शुसिला खत्री ।

यस्तै स्वस्तीका स्टेशनरी पसलका सँचालन कृष्ण शेट्ठिले स्टेशनरी पसलबाट केहि पुस्तकहरु चोरी भएको बताउनु भएको छ । पसलको ताला फोडिएको र केहि पुस्तकहरु चोरी गरेको देखीएको शेट्ठीले बताएका छन ।

बाईट : कृष्ण शेट्ठी ।

जयगढ बजारमा पछिल्लो समय अपराधीक कृयाकलाप बढ्दै गएको प्रति स्थानियले चिन्ता व्यक्त गरेका छन । जयगढ बजार व्यवस्थापन समितिका सचिव चन्द्र सीँह लुहारले पटक पटक चोरीका घटना हुनुले जयगढ बजारमा सुरक्षा सतर्कता अपनाउनु जरुरी देखीएको औँल्याउनु भयो । एकै दिन बिभिन्न पसलमा चोरी भएसँगै बजारको सुरक्षाका लागी चौकिदार तथा रात्री प्रहरी बिट स्थापना गर्न जरुरी देखीएको उहाले बताउनु भएको छ । यता प्रहरी चौकि जयगढले चोरी गर्ने गीरोहको खोजी गर्न अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker