Techie IT

बर्दादेवीलाइ छाउगोठ मुक्त घोषणा गर्नेवारे यसो भन्छन वडा अध्यक्ष शेट्टी


छाउगोठ भत्काउनेवारे बिभिन्न निर्णय गर्दै सर्वदक्षीय बैठक बर्दादेवीमा सम्पन्न भएको छ ।

बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेबीको सर्बपक्षीय बैठक छाउगोठ भत्काउने सम्बन्धी बिभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । वडा अध्यक्ष कुल बहादुर शेट्टिको अध्यक्षतामा सम्पन्न भएको सर्वदलिय बैठकबाट वडाका बिभिन्न टोलमा रहेको छाउगोठ माघ २० गतेसम्म भत्काई सक्ने र माघ २५ गते वडालाई छाउगोठमुक्त घोषणा गर्ने निर्णय गरिएको छ ।

वडामा केहि छाउगोठहरु भत्काई सकेको र भत्काउन बाँकि रहेका छाउगोठहरु यहि माघ १७ र १८ गते भत्काउने तयारी गरिएको वडा अध्यक्ष कुल बहादुर शेट्टिले बताउनुभयो । मनोभावना देखी नै छाउगोठ भत्काउन प्रेरीत गर्दै छाउगोठ भत्काउने अभियान तिव्र पारिएको अध्यक्ष शेट्टिले उल्लेख गर्नु भएको छ ।

बाईट कुल बहादुर शेट्टि


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस