पन्चदेवल नगरपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा कार्यक्रमको उद्घाटन

पन्चदेवल विनायक नगरपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी आज एक कार्यक्रमका विच विनायकमा उद्घाटन भएको छ ।
पन्चदेवल विनायक नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा वडा नम्बर ४ का वडा अध्यक्ष सज्जन बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी प्रमुख अतिथी रहनुभएको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत माझीले स्वास्थ्य एक सँबेदनसिल क्षेत्र भएकोले स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुले सकारात्मक सोचका साथ आफ्नो काममा बफादार रहेर काम गर्न आग्रह गर्नुभयो । अर्धबार्षिक समिक्षामा फरक प्रसँगमा बोल्दै उहाँले अर्धबार्षिक समिक्षाको महत्व र उद्देश्यको बारेमा समेत प्रस्ट पार्नुभएकोथियो ।
उद्घाटन कार्यक्रममा वडा नम्बर १का वडा अध्यक्ष लक्ष्मिकान्त देवकोटा,वडा नम्बर २का वडा अध्यक्ष पदम बहादुर धामी,वडा नम्बर ३का अध्यक्ष सुरेन्द्र कुमार शाही,वडा नम्बर ५का अध्यक्ष कुल बहादुर बुढा,वडा नम्बर ८का अध्यक्ष ताराप्रसाद खनाल ,वडा नम्बर ९का अध्यक्ष राम बहादुर शाह,जन स्वास्थ्य अधिकृत झपटराज ढँगाना,चक्र बहादुर विष्ट,पन्चदेवल विनायक नगरपालिकाका विभिन्न शाखाका सँयोजकहरु,रेडियो पन्चदेवल ८८.६ मेगाहर्ज विनायकका कार्यकारी निर्देशक तपेन्द्र बहादुर धामी,रेडियो परिवर्तनका प्रतिनीधी माधव तिमिल्सैना लगायतका अतिथीहरु रहेकाथिए । उद्घाटन कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका सह संयोजक जनक बहादुर बुढाले गर्नुभएको थियो ।