चौरपाटिलाई समृद्ध बनाउन प्रतिवद्ध छु : गाउँपालिका अध्यक्ष साउँद ( कुराकानी )

चौरपाटि गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले चौरपाटि गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन लागीपरेको बताउनु भएको छ ।
गाउँपालिकामा सडक,शिक्षा,खानेपानी लगायत बिकास निर्माण तथा पुर्वाधार बिकासको काम अगाढी बढाउदै समृद्ध गाउँपालिका बनाउन लागी परेकोे बताउनु भएको हो । गाउँपालिका अध्यक्षमा निर्वाचि भएसँगै गाउँपालिकाको बिकास र समग्र जनतालाई प्रत्यक्ष राहात मिल्ने गरि विकास निर्माण लगायतका काम सँचालन गर्दै आएको उहाले बताउनुभयो ।
आफु निर्वाचित भएसँगै सडक निर्माण,खानेपानीका मुहान संरक्षण,सरसफाई स्वच्छता,बिद्युत बिस्तार,शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा बिभिन्न काम सम्पन्न गरिएको तथा काम जारी रहेको अध्यक्ष साउदको भनाई छ । आर्थिक बर्ष २०७६।७७ मा गाउँपालिकालाई पुर्ण रुपमा बिद्युतको पहुँचमा ल्याउने, गाउँपालिकाका सवै घरधुरीमा एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने,शैक्षिक क्षेत्रको सुधारका लागी पुर्वाधार निर्माणका कार्य सँचालन गरिने उहाले बताउनु भएको छ ।
पछिल्लो समय सुक्दै गएका पानीका मुहान सँरक्षण गर्न जिल्लामै पहिलो पटक रिचार्ज पोखरी निर्माण गरेको चौरपाटि गाउँपालिकामा रिचार्ज पोखरी निर्माण पश्चात सकारात्मक परिवर्तन देखीएको समेत उहाले उल्लेख गर्नुभयो । आफ्नो कार्यकालमा चौरपाटि गाउँपालिकामा पुर्वाधार विकाससँगै चेतनाको बिकासमा पनि उल्लेख्य बिकास भएको देख्ने गरि काम गर्ने गाउँपालिका अध्यक्ष साउँदले प्रतिबद्धता जनाउनु भएको छ । यसै बिच हामीले चौरपाटि गाउँपालिकाको बिकासबारे गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदसँग कुराकानी गरेका छाै।
कुराकानी : हर्क साउँद ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस