साँफेबगर साक्षर नगर घोषणा ( भिडियो सहित )

तपेन्द्र कुँवर

साँफेबगर नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ ।

नगरका १५ देखि ६० वर्ष उमेरका ९७.३५ प्रतिशात जनता साक्षर भएपछि प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्दले जिल्लाको पाँच स्थानिय तहको रुपमा साक्षर पालिका घोषण गर्नुभएको छ । साक्षर पालिका घोषण कार्यक्रम बोल्दै सबै प्रदेश सभा सदस्य कुँवरले नागरिक साक्षर भएमा मात्र राष्ट्र समृद्ध हुने बताउनुभयो ।

उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि साँफेबगर नगरपालिकालाई प्रदेश सरकारबाट सहयोेग हुने बताउनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख नरबहादुर कुँवरले छट्टै नै जिल्ला साक्षरर घोषणा गर्न लागेको जानकारी गराउँदै साक्षर नगरपालिका घोषणा गरेकोमा साँफेनगरलाई धन्यवाद दिनुभयो । यस अघि अछामका चौरपाटी गाउँपालिका, मेल्लख गाउँपालिका, रामारोशन गाउँपालिका र मंगलसैन नगरपालिका साक्षरपालिका घोषणा भईसकेका छन् ।

साक्षरता घोषणा मुल समिति संयोजक तथा नगर प्रमुख कुँवरले साक्षरताको लागि सम्पुर्ण सुचक पूरा भएकाले नगरलाई साक्षरता पालिका घोषणा गरिएकोे बताउनुभयो । नेपाल सरकारले साक्षर घोषणा गर्नका लागि जम्मा १२ ओटा सुचक निर्धारण गरेको छ । जसमा ६ ओटा सुचक पुरा गरेमा गाउँ तथा नगर साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको छ । सो सुचक नगरपालिकाले पुरा गरेकाले नगरलाई साक्षरता पालिका घोषणा गरीएकोे कुवँरले बताउनुभयो ।

साक्षरताको लागि १५ देखि ६० वर्षसम्मको जनसंख्याले राष्ट्रभाष वा मातृभाषका वर्ण÷अक्षरको पढाई लेखाई, नेपाली वा मातृभाष लेखिएका मुल्यसुची र बीलको पढाई, मोबाइल र क्याल्कुलेटरका अंक चिनेर प्रयोग गर्न सक्ने, ० देखि ९ सम्मका अंक अक्षर लेख्न । पढन सक्ने, आफ्नो नाम र परिवारका सदस्यको नाम भन्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, क्यालेण्डर हेरेर तिथि मिति बताउन सक्ने, वैकं भौचर भराइ र चेकमा हस्ताक्षर लगायतका विभिन्न १२ वटा सुचक मध्ये ६ वटा सुचक पुरा गरेमा साक्षरमा घोषणा गर्न सकिने व्यवस्था रहेको छ ।

साक्षरपालिका घोषणा कार्यक्रममा पूर्व जिल्ला विकास समितिका सभापति भरत कुमार स्वाँर, नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाह, नेपाली काँग्रेसका नेता धन बहादुर शाही, मंगलसैन नगर प्रमुख पदम बोहरा, चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कँुवर, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, नेपाल शिक्षक महासघका अध्यक्ष दिपक कँुवर लगायतले बोल्नु भएको थियो । नगर उप्रमुख बिर्मला बुड्थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख नरबहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रममा नगरका १३ वटा वडाका महिलाविच न्याउले खेलको पनि आयोजना गरिएको थियो ।

प्रतियोगोतामा वडा नं.१२ खप्तड प्रथम, वडा नं.१३ बाब्ला दोस्रो र वडा नं. ५ नवाठाना तेस्रो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker