वडा अध्यक्ष हत्याको छानबिनमा ढीलाई भएको भन्दै बिनायक बजार बन्द

वडा अध्यक्ष हत्याको निश्पक्ष छानबिनको माग गर्दै आज बिनायक बजार बन्द गरिएको छ ।
मृतकका आफन्तहरुले आज बिहानै देखि सडकमा चक्काजाम गरेका हुन् । बजारका ब्यवसायिक पसलहरु समेत बन्द गरिएका छन् । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाई गरेको आरोप लगाएका छन् ।
पन्चदेवल बजारमा बिहानै देखि टायर बालिएका छन । सवारी आवत जावत समेत बन्द भएको छ । पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदम बहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शब बुझ्न मानेका छैनन ।
यता जिल्ला प्रहरी कार्यालय अछामका प्रबक्ता एबंम प्रहरी निरक्षक रमेशदत्त अवस्थिले अनुसन्धानका लागि काठमाण्डौबाट सिआईबिको टोली तथा धनगढीबाट कुकुर सहितको टोलि अछाम पुगी सकेको र तत्काल अनुसन्धान प्रकृया शुरु गरिने बताउनुभएको छ ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस