भाइरल ज्वरोले २ जनाको मृत्यु पश्चात डाक्टर अग्रवालकाे यस्ताे सुझाव

बाजुरामा भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

मंगलबार जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण मंगलबार साँझ ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको थियो । सोही टोलका ७० वर्षीय दलबहादुर रावलको बुधबार विहान मृत्यु भएपछि मृत्यु हुनेको संख्या २ पुगेको हो ।

गाउँपालिका १ का विभिन्न स्थानमा ’सिजनल फ्लू’ भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर शाहीले बताउनु भएको छ ।
यसै बिच बयालपाटा अस्पतालका सह निर्देशक डा. पवन अग्रवालले भाईरल ज्वरोबाट बच्न बिशेष सावधानि अपनाउन आग्रह गर्नुभएको छ । भाईरल तथा रुघाखोकी सरुवा रोग भएकाले बाजुरा आसपासका जिल्लाका बासिन्दाले निकै सजग रहनुपर्ने उहाँले उल्लेख गर्नुभयो । यसैबिच हामीले बाजुरामा फैलिएको भाईरल तथा रुघाखोकीका बिषयमा बयालपाटा अस्पतालका सह निर्देशक डा. पवन अग्रवालसंग कुराकानि गरेका छौँ ।

कुराकानी : डाक्टर पवन अग्रवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker