सिप सिकेर आत्मनिर्भर बनेमा महिला माथीकाे विभेद आफै अन्त्य हुन्छ : उपाध्यक्ष साउँद

व्युटिसियन तथा सिलाई कटाई तालीम जयगढमा सुरु भएको छ ।

३ महिने व्युटिसियन र सिलाई कटाइ तालीम जयगढमा आजबाट सुरु भएको हो । महिला अगुवा निर्मला साउदको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन समारोहमा बान्नीगढि जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउद प्रमुख अतिथि रहनु भएको थियो। तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले ३ महिने सिलाई कटाइ तथा व्युटिसियन तालिमका सहभागीले सिपमुलक तालीम सिकेर स्वरोजगार बन्नेमा आफु बिश्वस्त रहेको बताउनु भएको छ ।

केन्द्र सरकारको आर्थिक सहयोगमा पहिलो पटक गाउँपालिकामा स्वरोजगारमुलक तालिम संचालन भएको खुसी व्यक्त गर्दै उपाध्यक्ष साउदले तालिममा सिकेका कुराहरु व्यवहारिक जीवनमा प्रयोग गरि स्वरोजगार बन्नुपर्नेमा जोड दिनुभयो । बिगतमा संचालीत तालिमका सहभागीबाट अपेक्षीत नतिजा नदेखिएको प्रति चिन्ता व्यक्त गर्दै उहाले यस पटकको तालिमबाट उचित नतिजा आउने अपेक्षा गर्नु भएको छ । आत्मनिर्भर बन्न नसकेका कारण नै महिलाहरुमाथी बिभेद भईरहेकाले अव महिलाहरु आत्मनिर्भर बन्न सकेमा महिला माथी हुने हिँसा तथा बिभेदका घटनामा पनि कमी आउने उपाध्यक्ष साउँदले बताउनुभयो ।

बाईट : लोक बहादुर साउँद

व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्दि परियोजनाको सहयोगमा तथा हिलसाईड पोलिटेक्निक ईन्स्टिच्युट प्रालीको सहजीकरणमा संचालन भएको तालीममा जिल्लाका ४० जना महिला तथा पुरुषको सहभागीता रहेको छ ।

तालिमको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टि नेकपामा गाउपालिका अध्यक्ष तरुण खड्का,समाजसेवी नवराज साउद,कार्यवाहक वडा अध्यक्ष डवलसिँह ठकुल्ला,लगायतका अथिति रहनु भएको थियो भने कार्यक्रमको संचालन रुपा स्वारले गर्नुभएको थियो । तालिमको सहजिकरण दुर्गा धामीले गरिरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker