वडा अध्यक्ष धामीको कर्णाली नदिमा दाहसँस्कार

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम धामीको आज दाह सँस्कार गरिएको छ ।

गत मंगलवार मृत भेटिनु भएका धामीको आज कर्णाली नदिको बेलखेतमा दाह सँस्कार गरिएको हो । मृतक धामीका जेठा छोरा रमेश धामीले उहालाई दागबत्ती दिनु भएको हो । वडा अध्यक्ष धामीको पार्थीव शरिर श्रदाञ्जली अर्पणका लागी नगरपालिकाको प्रांगणमा राखीएको थियो ।

धामीको निधनमा दुःख व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले पनि श्रदाञ्जली सभामा सहभागीता जनाउनु भएको थियो । यसै बिच वडा अध्यक्ष धामीको पार्थीव शरिरमा नेपाली काँग्रेसको झण्डा ओढाउदै नेपाली काँग्रेस अछामले श्रदाञ्जली अर्पण गरेको छ ।

नेपाली काँग्रेस अछामका सभापती भरत कुमार स्वार,पुर्व पार्टि सभापतीद्धय पुष्प शाह,मेघराज खड्काले पार्टिको झण्डा ओढाउदै श्रदासुमन व्यक्त गर्नु भएको हो । धामीको दाह सँस्कारमा सयौँको सँख्यामा सर्वसाधारणको सहभागीता रहेको थियो ।

गत मंगलवार बिहान विनायकको गैरीगाउँ स्थित स्थानीयको भैँसी गोठमा शँकास्पद अवस्थामा मृत भेटिनु भएका वडाध्यक्ष धामीको हत्या गरिएको भन्दै आफन्तले दोषिलाई पक्राउ गर्न दबाब दिदै प्रदर्शन गर्नुका साथै विनायकमा बजार र यातायात बन्द गराएका थिए । यता हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा नल्याएसम्म कुनैपनि कामकाज नगर्नेगरी पञ्चदेवल नगरपालिका कार्यालय बन्द रहने भएको छ ।

धामीको हत्या भएको शोकमा नेपाली काँग्रेस अछामले शुक्रवार पार्टिको झण्डा झुकाएको काँग्रेस अछामका सहसचिव वेदप्रकाश तिमिल्सैनाले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker