नगरको निर्णय मिच्नेलाई कुनै हालतमा छोडिन्न : नगर प्रमुख बोहोरा ( कुराकानी सहित )

मंगलसैन नगरपालिकाले नगरको मापदण्ड बिपरित मंगलसैन बजारमा बिक्रिबितरण भईरहेको तरकारी तथा फलफुल बरामद गरेको छ ।
नगर प्रमुख पदम बहादुर बोहोराको नेतृत्वमा गएको एक टोलीले आज फलफुल तथा तरकारी बरामद गरेको हो ।
नगरपालिकाले एक बर्ष अघि बजारमा बिक्रिबतरण गरिने फलफुल , तरकारी तथा मासुजन्य पदार्थले बजार दुर्गधित भएको निष्कर्ष निकाल्दै चालिस लाखको लागतमा एउटा छुट्टै बस्तु संकलन तथा बितरण केन्द्रको स्थापना गरेको थियो । बस्तु संकलन तथा बितरण केन्द्रको स्थापना पश्चात बजारमा तरकारी , फलफुल तथा मासुजन्य पदार्थ बिक्रिबिरणमा पुर्णरुपमा बन्देज लगाईएको थियो ।
तर बजारमा बिक्रिबितरणमा बन्देज लगाईएको फलफुल , तरकारी तथा मासुजन्य पदार्थ लुकीछिपी बिक्रिबितरण भईरहेको भन्ने सुचना तथा गुनासोका आधारमा आज बरामद गरिएको नगर प्रमुख पदम बोहोराले जानकारी दिनुभयो । बरामद गरिएका तरकारी तथा फलफुलहरु जिल्ला अस्पतालमा रहेका बिरामीहरु र जिल्ला कारागार अछामका रहेका कैदिहरुलाई बितरण गरिएको छ ।
यसैबिच आज हामीले तरकारी तथा फलफुल बरामद गरिएकोबारे नगर प्रमुख पदम बोहोरासंग कुराकानि गरेका छौँ । कुराकानिको सुरुमा उहाँलाई हामीले पसलहरुमा बिक्रिका लागी राखिएको तरकारी तथा फलफुल किन बरामद गर्नुभएको हो भनेर सोधेका छौँ ।
कुराकानि : पदम बोहोरा