चट्याङ लागेर दाङमा तीन जनाको ज्यान गयो

दाङमा चट्याङमा परेर तीन जनाको ज्यान गएको छ ।

तुलसीपुर र घोराहीमा शनिबार चट्याङमा परेर तीन जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका(७, नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि र त्यही ठाउँकी ५४ वर्षीया लक्ष्मी आचार्यको ज्यान गएको हो ।

चट्याङ लागेर घाइते भएका चौधरी र आचार्यको उपचारका क्रममा तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलमा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै घोराही उपमहानगरपालिका ११ हापुरका सूर्यबहादुर पुरीका छोरा ८ वर्षीय ताराबहादुरको पनि चट्याङ लागेर ज्यान गएको छ । उज्यालो बाट ……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker