Techie IT

लयाँटीको बारलागाड लघु जलबिद्युत ८ बर्ष देखी अवरुद्ध,सयौँ घरधुरी अन्धकारमा बस्न बाध्य (कुराकानी)


दिनेश केशी,अछाम

अछामकाे पञ्चदेवल बिनायक नगरपालिका वडा नम्वर ५ लयाँटीकाे   बारलागाड लघु जलबिद्युत आयोजना ८ बर्ष देखी अवरुद्ध भएको छ ।

२०६८ सालमा पावर हाउसमा रहेका केहि ओैजारमा समस्या आएपछि बिद्युत अबरुद्ध भएको हो । लामो समयदेखी बिद्युत अबरुद्ध भएपछि लयाँटीका सँयौ स्थानिय नागरिक अन्धकारमा बस्न बाध्य भईरहेका छन ।

तत्कालिन लयाँटी गाबिसका लागी उत्पादन गरिएको १६ मेघावाट बिद्युत साबिक वडा नम्बर ५,६,७,८ र ९ मा सञ्चालनमा आएको छोटो समयमै अबरुद्ध भएको हो ।

बिद्युत नियमित गर्न २०७२ सालमा बिद्युत उपभोक्ता समिती समेत गठन भएको थियो । तर समिती गठन भएकोे ५ बर्ष बितिसक्दा पनि बिद्युत सुचारु भएको छैन । बिद्युत पुनः सन्चालनमा आउने आसा मारिसकेका स्थानिय नागरिकहरुले उक्त समितीको ब्यापक आलोचना गर्ने गरेका छन ।

बिद्युत सेवा बर्षौ देखी अवरद्ध बन्दा बिद्यालयमा हुने कामका साथै बिद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको छ । बिद्युत नियमित हुने आसा गरेका लयाँटी बासीको आसा निरासामा परिणत भएको छ । २ वटा बिद्युतको उद्गम स्थल लयाँटीमा दुईवटै बिद्युतमा भईरहने अनियमितताका कारण अधिकांस नागरिक अध्यारोमा टुक्की तथा चोईलो बाल्न बाध्य भएका छन ।

बिद्युत सन्चालनका लागी १७ लागी खर्च गरिसकेको नगरपालिकाले यो बर्ष उक्त बिद्युतमा बजेट बिनियोजन नगर्दा समस्या भएको उपभोक्ता समितीका अध्यक्ष पदम रावलले उल्लेख गर्नु भयो । पञ्चदेवल बिनायक नगरपालिकाले ५२ लाखको स्टमेट बनाएपनि यो बर्ष बिद्युतमा कुनै चाँसो नदेखाएको हो ।

यता बिद्युत उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर रावलले भने बैशाख सम्ममा बिजुली बल्ने बताउनुभएको छ । अबरुद्ध भएको लामो समयसम्म पनि बिद्युत सञ्चालनका लागी कुनै पनि निकायाले आर्थीक सहयोग नगर्दा सञ्चालनमा ढिलाई भएको रावलले बताउनु भयो ।

बारलागाड बिद्युत बैशाख सम्म सबै टोलटोलमा बलि सक्ने बिद्युत उपभोक्ता समिती अध्यक्ष पदम रावलले दाबी गर्नु गर्नु भको छ ।
यसै बिच हामीले बारलागाड लद्यु जलबिद्युत उपभोक्ता समितीका अध्यक्ष पदम रावललाई बिद्युत अवरुद्ध भएको कती बर्ष भयो भनेर सोधेका छौ।
कुराकानीः पदम रावल


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!