Techie IT

कार्यकालभित्रै आफु निर्बाचित क्षेत्र झिलीमिली बनाँउछु : सांसद बोगटी


टेकराज भण्डारी , अछाम

अछाम क्षेत्र न २ बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीले जिल्लामा रहेको गरिबि र पछौटेपनका बिषयमा आफुले पटक पटक संसदमा आवाज उठाईरहेको बताउनुभएको छ ।

क्षेत्र न २ को मुहार फेर्नका लागि आफुले उचित बजेटको ब्यवस्थापन गरेकाले अब यो क्षेत्रले विकासमा फट्को मार्ने बताउनुभयो । तराई बाट अछामलाई जोडने महत्त्वपूर्ण सडकहरूमा उचित बजेट बिनियोजन गरिसकेकाले अब तराई बाट पहाड जोडिने विश्वास ब्यक्तगर्नुभो छ ।

क्षेत्र न २ का सबै क्षेत्रमा बिद्दुत विस्तारका लागि पहल भईरहेकाले अब चाडैं सबै वडा र टोलहरूमा बिजुलि बल्ने भन्दै स्थानीयले पनि अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा मंगलसेन नगरकमिटि वडा न १ ले आयोजना गरेको कार्यकर्ता भेला तथा राहत वितरण कार्यक्रममा बोल्दै सांसद बोगटीले अषाढ मसान्तसम्म बाकी रहेका पालिकाहरूमा बिद्दुत विस्तार हुने बताउनुभयो ।

स्वास्थ्य सबैभन्दा बढि महत्त्वपूर्ण क्षेत्र भएकाले स्वास्थ्य चौकी नभएका वडाहरूमा स्वास्थ्य चौकी स्थापनाकालागि आफ्नो बिशेष पहलमा स्थापना भएकाले अब स्वास्थ्यकर्मीको पदपूर्तिका लागि पहल गरिरहेको उहाको भनाइ छ । गाउँमा विकासका लागि पर्याप्त बजेट आएपनि स्थानीयले सहिसदुपयो नगर्ने, अनावश्यक विवाद गर्ने कारणले विकासका लागि आएको रकम फिर्ता जाने समस्या रहेकाले विकासका लागि आएको बजेटको सहि सदुपयोगका लागि लाग्न स्थानीयलाई अनुरोध गर्नुभएको छ ।

आफुले चुनावताको समयमा जनाएका प्रतिबद्धता अनुसार सुवाखाद,खेतगैरा र ढकारी सम्मको सडकलाई आफुले प्राथमिकता दिएको उहाको भनाइ छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस