एक युवाले गरे दुई सन्तानको हत्या सहित आत्महत्या

विश्वमा नै पछिल्लो समय बेरोजगारी विकराल समस्या बन्दै गइरहेको छ। भारतमा यसको पछिल्लो समय निर्मम रुप देखिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा एक युवाले बेरोजगार भएकै कारण आफ्ना दुई सन्तानको हत्या गरेपछि आतमहत्या गरेका छन्।

प्रहरीले गरेको प्रारिम्भक छानबिनमा यी युवाले बेरोजगारीका कारण परिवार पाल्न समस्या भएपछि आफ्ना दुई बच्चाको घाँटी रेटी हत्या गरेका हुन्। ती युवाले डिप्रेसनका कारण आफ्ना बच्चाहरुको हत्या गरेर आफू मेट्रो रेलको ट्रयाकमा गएर आत्महत्या गरेको हिन्दुस्तानलाइभ डटकमले जनाएको छ।

ती युवाले आत्महत्या गरेपछि आइतबार दिल्ली मेट्रो केहीबेर रोकिएको थियो। दिल्ली मेट्रोले यसबारे ट्विटरमा जानकारी दिएको थियो।

शालिमार बागको बिजी कोलनीमा बस्ने मधुर मलानीले ६ वर्षका छोरा श्रेयांश र १४ वर्षकी समीक्षाको हत्या गरेर आत्महत्या गरेका हुन्। पत्नी केही सामान किन्न बजारमा गएको समयमा उनले छोराछोरीको हत्या गरेर हैदरपुरमा मेट्रोमा गएर आत्महत्या गरेका हुन्। दिनेश खबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker