Techie IT

कोरोनालाई जित्ने खोप बनाउन जुटे विश्वका वैज्ञानिक


कोरोनाभाइरस विरुद्धको खोप विकास गर्न विश्वका वैज्ञानिकहरू जुटेका छन्।

अस्ट्रेलिया, फ्रान्स, अमेरिका र चीनका वैज्ञानिकहरू महत्वाकांक्षी र अर्बौको लगानीमा भ्याक्सिनको विकास गर्न संयुक्त रूपमा जुटेका हुन्। उनीहरुले उक्त भ्याक्सिन कम्तीमा पनि एक वर्षभित्र बाहिर आउने बताएका छन्। उक्त भ्याक्सिन पहिला जनावरमा परीक्षण गरिएपछि मानव शरीरमा परीक्षण गरिने र उक्त परीक्षणबाट प्रभावकारी सिद्ध भएमा मात्र सामान्य प्रयोगमा आउने कारण समय लाग्ने विज्ञहरूको भनाइ छ।

तर अधिकांश स्वास्थ्य विज्ञहरूले भने अहिले आपत्तकालको लागि रोगसँग लड्न सक्ने भ्याक्सिनको खाँचो भइरहेको औल्याउँदै ६ महिनाभित्र प्रयोगमा ल्याउन मिल्ने गरी भ्याक्सिनको तयारीमा संयुक्त रूपमा तिब्रताका साथ जुटिरहेका छन्।

भाइरस संक्रमणको गतिको अनुपातमा ६ महिना पनि निकै लामो समय भएको टोलीको सदस्यमध्येका एक क्वीन्सल्याण्ड युनिभर्सिटीका अष्ट्रेलियाली अनुसन्धानकर्ता किथ च्यापेलले बताए। मानवबाट मानवमा सर्ने यो कोरोना भाइरसको पहिलो चरणमै राम्रो रेखदेख गरे चाडैं निको हुने वुहान लिइसेनसाङ हस्पिटलका चिकित्सकहरुको दाबी छ।

उनीहरुका अनुसार हाल ३१ प्रान्तमा, निश्चित क्षेत्र र नगरपालिकाहरूमा कोरोना फैलिएको भएपनि समाधानको उपाय स्वरुप भ्याक्सिन बनाउन सुरु भइसकेको दाबी गरेका छन्। अहिलेसम्म चिकित्सकहरूले फ्लु र एन्टी–रेट्रोभाइरलका ‌औषधीहरूले नै काम चलाइरहेको बताइएको छ।

चीनमा कोरोना भाइसरसका कारण आइतबार सम्ममा ३ हजार ३ सय ८१ जना अस्पतालबाट डिस्चार्ज चएका छन्।

चीनका स्वास्थ्य अधिकारीले दिएको रिपोर्ट अनुसार आइतबार मात्रै अस्पातलबाट ६ सय ३२ जना अस्पातलबाट डिस्चार्ज भएका हुन्। चीनमा आइतबार सम्ममा मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ।

गत डिसेम्बरको अन्त्यमा चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरका कारण ४० हजार १ सय ७१ जनामा संक्रमण देखिएको जनाएको छ। चीनमा एक अमेरिकी र एक जापानी नागरिकको पनि ज्यान गएको छ। कोरोना भाइसर चीनबाहेक २८ देशमा फैलिएको छ। चीनका अलबा फिलिपिन्स र हङकङमा पनि थप एक एक जनाको ज्यान गएको छ। thahakhabar


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!