बान्नीगढि ४ तिमिल्सेनलाई भोली साक्षर वडा घोषणा गरिदै (कुराकानी)

साक्षर वडा घोषणा तयारी बैठक तिमिल्सेनमा सम्पन्न

साक्षर वडा घोषणा गर्न तिमिल्सेनमा तयारी बैठक सम्पन्न भएको छ ।

बान्निगढी जयगढ गाउँपालिका वडा नम्वर ४ तिमिल्सेनलाइ माघ २९ गते साक्षर वडा घोषणा गर्न आज तयारी बैठक सम्पन्न भएको छ ।

वडा अध्यक्ष कर्ण ठकुल्लाको अध्यक्षतामा सम्पन्न भएको तयारी बैठकमा वडा सदस्य भुपेन्द्र खत्री,योसोधा बोहोरा,बजिर मिजार,नेकपा वडा कमिटी अध्यक्ष रंग ठकुल्ला, नेपाली काङ्ग्रेस वडा समिती उप सभापति प्रेम बहादुर भुल,प्रहरी चौकी जयगढका इन्चार्ज रमेश राज भट्ट समाजसेबी कृष्ण खत्री , बुद्धिजिवि, शिक्षक, युवा संजाल , बाल संजाल,लगायतको सहभागीता रहेको थियो ।

साक्षर वडा घोषणा गर्न सरकारका १२ वटा सुचांकमा ६ वटा सुचांक पूरा भए संगै वडालाइ साक्षर वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष कर्ण ठकुल्लाले जानकारी दिनु भयो । तिमिल्सेनमा ९७ प्रतिसत साक्षर नागरिक रहेको वडाको तथ्यांकमा उल्लेख गरिएको छ ।

९७ प्रतिसत जनसंख्या साक्षर भए संगै माघ २९ गते एक कार्यक्रमका बिच साक्षर घोषणा गरिने अध्यक्ष ठकुल्लाले बताउनुभयो ।

कुराकानी :कर्ण ठकुल्ला

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker